काठमाडाैँ । चीनको ग्वान्जाओमा हुने अन्तर्राष्ट्रिय सिस्मे फेयरमा नेपालका मझौला उद्योगी, व्यवसायीहरूले सहभागिता जनाउने भएको छन् ।
आइतवार साना तथा मझौला व्यवसायी महासंघका सदस्यहरू अन्तर्राष्ट्रिय सिस्मे फेयरमा सहभागी जनाउन चीन प्रस्थान गरेका हुन् । मेलामा नेपालले ३२ वटा स्टल राख्ने साना तथा मझौला व्यवसायी महासंघकी अध्यक्ष इनु पौडेलले बताइन् । उनले नेपालको तर्फबाट ३२ वटा स्टल राख्ने र ३६ जना साना तथा मझौला व्यवसायीहरू चीन प्रस्थान गरेको जानकारी दिइन् ।
उनले यस्ता मेलाले नेपालमा उत्पादन हुने वस्तुहरूको गुणस्तर मापन हुनुका साथै बजारीकरणका लागि सहज हुने बताइन् । उनले नेपालमा उत्पादन भएको पस्मिना, मूर्ति, थान्का, चियापत्तीहरुको स्टलहरु राख्ने बताइन् ।
अन्तर्राष्ट्रियस्तरका मेलाहरुले नेपालमा उत्पादित सामग्रीलाई बजारीकरण गर्न र अन्तर्राष्ट्रिय बजारमा पुयाउन सहयोग पुग्ने बताइन् । मेला कार्तिक ३० गतेदेखि मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्