काठमाडाैँ । कृषि उद्यम केन्द्रको आयोजनामा कार्तिक २७ गते (आज) देखि नेपालगन्जमा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका उद्योग वाणिज्य संघका कर्मचारीलाई लक्षित गरी तीन दिने व्यवसाय विकास सेवा प्रदायक तालिम सुरू भएको छ। कार्यक्रमको उद्घाटन कृषि उद्यम केन्द्रका सभापति डि.बी बस्नेतको उपस्थितिमा भएकाे थियाे ।
उद्घाटन कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम सिंह धामी र नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि उद्यम केन्द्रका बोर्ड सदस्य प्रल्हाद दाहालकाे सहभागी थिए। यस तालिममा दुबै प्रदेशका उद्योग वाणिज्य संघका सचिवालयका कर्मचारी सहभागी भएका छन्।
तालिमका अवसरमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष धामीले यस्ता तालिमले कर्मचारीहरूको सीप र दक्षता अभिवृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गर्दै सिकाइलाई व्यवहारमा उतार्न आग्रह गरे। उनले तालिमले कार्यालय व्यवस्थापनमा ठोस सहयोग पुग्ने पनि बताए।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले तालिमलाई मात्र होइन, सिकेका ज्ञान र सीपलाई कार्यान्वयनमा उतार्न जोड दिनुपर्ने बताए। उनले दुग्ध क्षेत्रका विविध चुनौतीबारे समेत जानकारी गराएका थिए ।
कृषि उद्यम केन्द्रका सभापति डि.बी बस्नेतले कार्यालय व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले केन्द्रले यस्ता तालिम आयोजना गर्दै आएको उल्लेख गर्दै यस प्रकारका कार्यक्रमले दीर्घकालमा संस्थागत विकासमा कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस्