सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा


ठमाडौँ। सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८० ८१ को मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीले कर सहित हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात लाभांश वितरण गर्ने जनाएको छ ।