काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा टिका निधि लोहनी दोहोरिने भएका छन् ।
कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको ५०८ औं बैठकले लोहनीलाई सीईओ पदमा पुनः नियुक्त गरेको हो ।
उनको कार्यकाल मंसिर १४ गतेसम्म रहेकोमा मंसिर १५ गतेदेखि लागु हुने गरि नियुक्त गरेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्