ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा छुट


काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउने भएका छन् । ग्लोबल आइएमई बैंक र सिग्मा डायग्नोसिस ल्याबबिच सोही बैंकका ग्राहकहरुलाई ४० प्रतिशत छुट दिने सम्झौता भएको हो ।

बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र सिग्मा डायग्नोसिस ल्याबका ल्याबरोटोरी डाइरेक्टर बेद प्रकाश मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले सिग्मा ल्याबको इनहाउस टेस्टमा ४० प्रतिशत र आउटसोर्स सेवामा २० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

सिग्मा ल्याबले भक्तपुरको राधेराधेबाट सेवा प्रदान गर्दै आएको छ ।