काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको अध्यक्षमा दिलिपप्रताप खाँण निर्वाचित भएका छन् ।सोमबार सम्पन्न गरिमा विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारणसभाले खाँणलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
त्यसैगरि उक्त साधारण सभाबाट आगामी कार्यकालका लागि संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरू दिलिप प्रताप खाँण, श्याम प्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठ साथै सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरू विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोईराला सर्वसम्मतीबाट निर्वाचित गर्ने निर्णय गरेको छ ।
हाल बैंकको चुक्ता पूँजी रु.५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रहेको छ ।
विकास बैंकले हाल देशभर १२३ शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमका साथै नविनतम डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्