कृषि विधेयकले आम कृषकको समस्या सम्बोधन गर्छ : कृषिमन्त्री अधिकारी


काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले हाल छ्लफलमा रहेको कृषि विधेयकले कृषि र आम किसानको समस्या सम्बोधन गर्ने बताएका छन् ।

किसान आयोगको ८ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले निर्बाहमुखी कृषिलाई व्यवसायिक बनाउने गरि कानुन निर्माणमा मन्त्रालय लागेको जानकारी गराएका हुन् ।

“अहिले पनि धेरै परिवार कृषिमा लागेका छन तर ठूलो मात्रामा कृषि उपजको आयात गर्नु परिरहेको छ त्यसैले अब कृषिलाई व्यवसायिक बनाउन आवश्यक छ,” उनले भने ।

उनले बिहान र बेलुका आयातित भन्दा आफ्नै उत्पादन प्रयोग गर्ने संकल्प सबैले गर्न रहेकाे र यसका लागि तीनै तहका सरकारको सामुहिक प्रयास जरुरी रहेकाे बताए । “कृषि उपजको उत्पादन बढाउने प्रयास सबै तिरबाट भैरहेको छ तर हामीले खाने आन्न तरकारीले रोग निम्त्याईरहेने अवस्था आउनु हुदैँन,” मन्त्री अधिकारीले भने,”अब विषादी न्युनीकरण गर्ने तर्फ पनि सबैको प्रयास जरुरी छ । “