९ प्रतिशत व्याजदरमा ‘आईसिएफसि फाइनान्स डिबेञ्चर-२०८८’ निष्काशन


काठमाडौं । आईसिएफसि फाइनान्स लिमिटेडले आज (बुधबार) देखि ऋणपत्र निष्काशन गरेको छ । कम्पनीले ३० करोड रुपैयाँ बराबरको ७ वर्षे अवधिको ‘९ प्रतिशत आईसिएफसि फाइनान्स डिबेञ्चर—२०८८’ निष्काशन गरेको हो ।

कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल ३ लाख कित्ता भएको ऋणपत्र निष्कासन गरेको हो ।

कुल निष्कासनमध्ये १ लाख ८० हजार कित्ता व्यक्तिगत तवरबाट र बाँकी रहेको १ लाख २० हजार कित्ता आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागिएको हो । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।

उक्त ऋणपत्रमा लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १ लाख २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा छिटोमा माघ १३ गते र ढिलोमा माघ २३ गते बैंकिङ समयपछि सम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले उक्त ऋणपत्रको निष्कासनकर्ता तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यो ऋणपत्रमा लगानी गरेबापत लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज प्राप्त गर्नेछन् ।