काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभराका स्थानीयहरूले पाथीभरा केबलकार बनाउनुपर्छ भनेपनि विदेशमा बस्नेले भ्रम छरेर बिरोध गरेकाे बताएका छन् ।शनिवार पाथीभरा देवी दर्शन केबलकार प्रा.लि.को तर्फबाट काठमाडौंमा पत्रकार सम्मलेन गर्दै साे कुरा बताएका हुन् ।
उनले तीन सय जनासँग गरेको सार्वजनिक सुनुवाईमा स्थानीयको प्रतिनिधित्व गर्दै बोल्ने २५ जनामध्ये दुई जनाले मात्रै असहमति जनाएको बताए। उनले ताप्लेजुङवासीको अधिकांशको मत केबलकार बनाउनुपर्छ भन्नेमै रहेको बताए । ताप्लेजुङमा केबलकार बनेसँगै आर्थिक गतिविधि चलायमान हुने, रोजगारी सिर्जना हुनेकुरा महत्वपूर्ण रहेको बताए । ताप्लेजुङवासीलाई त्यहीँ रोजगारी दिने उद्देश्यका साथ केबलकार बनाउन लागिएको बताए ।
उनले केबलकार बनेसँगै ताप्लेजुङको विकास र समृद्धिमा नै सहयोग पुग्ने बताए । उनले पाथीभरा देवी केबलकार निर्माण भएसँगै तीन सय रोजगारी थपिने र जसमा ८० प्रतिशत ताप्लेजुङवासीले नै रोजगारीको अवसर पाउने उल्लेख गरे । ताप्लेजुङवासीले पाउने अवसरमा खेलवाड गर्न बाहिर बस्ने नेपालीहरु लागिरहेको बताए ।
अध्यक्ष ढकालले पाथीभरमा केबलकारसम्बन्धी संरचना गलत हिसावले नबनाइएको पनि स्पष्ट पारे । उनले पाथीभरा देवी दर्शन केबलकार प्रा.लि.ले बनाउने सबै संरचना प्रकृतिमैत्री हुने दाबी गरे । उनले पाँचतारे होटल नभएर सामान्य स्तरको पूर्वाधार मात्रै बनाउन लागेको उल्लेख गर्दै अक्सिजनलगायतको स्वास्थ्यकेन्द्र, शौचालय र तातो र चिसो पानीको व्यवस्थाका लागि सामान्य संरचना बनाइने उल्लेख गरे । मन्दिरको भेटी केबलकारले उठाउँछ भन्ने गलत कुराको प्रचार गरिएको र भेटीसँग केबलकारको कुनै सरोकार नरहेको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्