बेबील्याण्ड ईन्टरनेशनलले ल्यायो ‘राइड अन मन्थ’ तथा ‘मनसुन अफर’


काठमाडौं । बेबील्याण्ड ईन्टरनेशनल कम्पनी प्रा.लि. बच्चाहरूको हरेक प्रकारका सामानमा ‘राइड अन मन्थ’ तथा ‘मनसुन अफर’ ल्याएको छ ।

साउन ७ गतेदेखी ३१ गतेसम्म बेबील्याण्डको पोखरा स्थित न्यूरोड र चिप्लेढुंगा आउटलेटमा ‘राइड अन मन्थ’ र ‘मनसुन अफर’ सञ्चालनमा ल्याएको हो । साउन महिना भरी मनसुनसंग सम्बधित छाता, रेनकोट, जुत्ता, चप्पल तथा राईड अन अन्तर्गत ट्राईसाइकल, साईकल, वाकर लगायत ईलेक्ट्रीक बाईक, कार, जिपमा १८ देखी ५० प्रतिशतसम्म छुटको अफर ल्याएको बेबील्याण्डले जनाएको छ ।

बेबील्याण्ड २०५१ साल बैशाख ५ गते स्थापना भई हाल न्यूरोड तथा चिप्लेढुंगा पोखरामा रिटेल स्टोर, सिद्धार्थ चोक पोखरामा प्ले शोरुम तथा बालाजु काठमांडौमा बेबील्याण्ड मल सञ्चालनमा रहेको छ । बच्चाहरूका लागि कुनै पनि सामान सजिलै र सुपथ मुल्यमा घरर्मै बसि-बसी किन्न सकिने बेबील्याण्डले जनाएके छ ।

बेबी प्रडक्ट सेगमेन्टमा यो स्टोर नेपालको पहिलो र एकमात्र ट्रेडमार्क रजिष्टर्ड कम्पनी हो । ‘ह्याप्पी आवर’ प्रोमोसन अन्तर्गत हरेक दिन बिहान ९ बजे देखी ११ बजेसम्म बेबी केयरका सामानहरूमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको पनि बेबील्याण्ड इन्टरनेशनको भनाई छ । यस अफरले नेपाली परम्परा अनुसार चाडपर्वहरू शुरु हुन लागेको र साउन महिना भरी ग्राहकहरूमा किनमेल गर्न थप उत्साह सृजना गर्ने कम्पनीले विश्वास लिएको छ ।

२८ बर्ष देखि सञ्चालनमा रहेको बेबील्यण्डमा जन्मेदेखि १२ बर्ष सम्मका बच्चाहरूका लागि फेसनेबल लुगा, जुत्ता, खेलौना, साईकल, ट्राईसाईकल, वाकर, बेड, झुलुंगा, स्ट्रोलर, ईलेक्ट्रीकल कार जिप, बाईक लगायत सम्पूर्ण सामानको कलेक्शन रहेको कम्पनीले जनाएको छ ।