काठमाडाैँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्थानीय खानेकुरालाई प्रवद्र्धन गर्न जरुरी रहेको बताएका छन् ।
शनिवार स्वयम्भू महोत्सवको उद्घाटन गर्दै उनले नेपालको विशेषता भनेकै स्थानीय खानेकुरा, संस्कृति, धर्म, कला भएको उल्लेख गरेका हुन्। उनले महेत्सवले नेपालको संस्कार, संस्कृति, धर्म, कला र परिकारहरुको प्रवद्र्धन गर्ने बताए । उनले युवा पुस्तालाई स्थानीय परिकार, धर्म, संस्कृति र कलाको महत्व बुझाउनसके नेपालले धेरै प्रगति हाँसिल गर्ने बताए । उनले नेपाली परिकारहरु धेरै नै पौष्टिक रहेको उल्लेख गर्दै अहिले विदेशीहरुले सिको गरेर खाने गरेको बताए ।
स्थानीय पहिचान र सम्भावना प्रवद्र्धनका लागि काठमाडौँ महानगरपालिका अन्तर्गत वडा नं १५ को आयोजनामा एक हप्ते स्वयम्भू महोत्सव आजबाट शुरु भएको हो । —न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्