काठमाडौँ। फर्स्ट माइक्रोफाइनान्सले २ लाख १७ हजार ७१४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सेयर खरिद गर्न इच्छुक उक्त संस्थाकै संस्थापकले मंगलबार (फागुन ११ गते) देखि ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले न्यूनतम २८० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्यरुपमा फर्स्ट माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौँमा निवेदन दिनुपर्नेछ ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्