काठमाडाैँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले संसदमाथि सरकार हाबी भइरहेको बताएका छन् ।
राष्ट्रिय सभाको आइतवारको बैठकमा उनले सरकारले अध्यादेश जारी गरेर संविधानद्वारा प्रदत्त विधायिकाको अधिकारमाथि हस्तक्षेप गरेको बताएका हुन् । विधायिकाको अधिकार र प्रभावकारितामा अध्यादेश ल्याएर सरकारले अनुचित हस्तक्षेप गरेको उनको आरोप छ ।
सरकारले आफ्नो राजनीतिक उद्देश्य प्राप्तिको लागि अध्यादेशलाई अस्त्र बनाएको बताउनु भयो । सरकारले संसदको झ्याल ढोका बन्द गरेर अध्यादेशमार्फत शासन चलाइ बहुमतको आडमा स्वेच्छाचारी, निरंकुश, अधिनायकवादी कदम चालेको बताए ।
उनले लोकतन्त्र विधिको शासन भएकाले कानून संसदले बनाउने र कार्यान्वयन सरकारले गर्ने भएपनि सरकारले नै कानून बनाउन थालेको उल्लेख गरे । सरकारले कानून बनाए संसदले के काम गर्ने ? भन्दै प्रश्न गरे । अध्यादेशहरू भूमाफिया, विचौलियाहरुको पक्षमा रहेको बताए । भूमि सम्बन्धी अध्यादेश अर्को कुनै गिरिबन्धुको लागि आएको हुनसक्ने आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्