काठमाडौँ । भारतको जम्मु-कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आतङ्कारी आक्रमणमा एक नेपालीसहित कम्तिमा २८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।
आक्रमणको द रेजिस्टेन्स प्रन्टले लिएको छ । आक्रमणपछि साउदी अरबको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमण छोट्याएर स्वदेश फर्केका छन् ।
आक्रमणमा एक जना युइएईका नागरिकको समेत ज्यान गएको छ ।
आक्रमणको विभिन्न अन्तराष्ट्रिय समुदायले निन्दा गरेका छन् ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाको निन्दा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आक्रमणको निन्दा गर्दै आतङ्बादविरुद्धको लडाईंमा भारतको साथमा रहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री मोदीलाई फोन गरेर समवेदना जनाएका छन् ।
ट्रम्पले आतङ्कबादविरुद्धको लडाइमा भारतको साथमा रहेको बताएका छने ।
प्रतिक्रिया दिनुहोस्