स्पेनी प्रधानमन्त्रीद्वारा रक्षा बजेट वृद्धिको घोषणा


स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले मंगलवार देशले २०२५ मा कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशत रक्षामा खर्च गर्ने आफ्नो प्रतिवद्धता पूरा गर्न सुरक्षा र रक्षामा १०.४७ अर्ब युरो (११.९९ अर्ब अमेरिकी डलर) ले खर्च बढाउने घोषणा गरेका छन् ।

यस योजनाको साथ स्पेनले २०२५ मा आफ्नो जिडिपीको २ प्रतिशत सुरक्षा र रक्षामा समर्पित गर्ने बताए । उनकाअनुसार थप लगानी मुख्यतया देशको सशस्त्र सेनाको काम गर्ने अवस्था, तालिम र उपकरण सुधार गर्न; दूरसञ्चार र साइबर सुरक्षा स्तरोन्नति गर्न; र सैन्य हार्डवेयर र उपकरणहरू किन्न प्रयोग गरिनेछ । 

सान्चेजले बढेको रक्षा खर्चले कल्याणकारी राज्यमा कटौती नगर्ने आश्वासन दिए।