‘उद्यमीहरु आफैँ जन्मदैँनन् उद्यमी जन्माउने वातावरण बनाउनुपर्छ’


काठमाडौं । आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले उद्यमीहरु आफैँ नजन्मने भन्दै उद्यमी जन्माउने वातावरण बनाउनुपर्ने बताएका छन् । लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र र आविष्कार केन्द्रको सहयोग आदान प्रदान गर्ने हस्ताक्षर कार्यक्रममा उनले उद्यमीहरु आपैmँ जन्मदैनन् त्यसको लागि वातावरण बनाउनुपर्ने बताएका हुन् ।

प्रवर्दन केन्द्र र आविष्कार केन्द्र बीच प्रविधिको अध्ययन, अनुसन्धान र विकासको क्षेत्रमा सहयोग आदान प्रदान गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारी पत्रमा प्रवर्द्धन केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद भुसाल र आविष्कार केन्द्रको तर्फबाट अध्यक्ष महावीर पुनले हस्ताक्षर गरे । कार्यक्रममा आविष्कार केन्द्रका अध्यक्ष पुनले यो नौलो कामको सुरुवात भएको बताए ।

उनले भने ,“सरकारको तर्फबाट नौलो कामको सुरुवात भएको छ । यो वर्ष सरकारले ४० लाख दिन्छ । यसको सिन्के धुप र दाँत कोट्याउने सिन्काको मेसिन बनाउँछौं । लघु, घरेलु तथा साना उद्यमेग प्रवर्दन केन्द्रसँग उदेश्य मिलेको उनले बताए । उनले यो आर्थिक वर्षको अनुदानको पैसाले दाँत कोट्याउने सिन्का र सिन्के धुप बनाउने मेसिन बनाउने बताएका छन् ।

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवर्दन केन्द्रबाट नवप्रवर्तन र विकासका लागि प्रोत्साहन गर्न आर्थिक वर्ष २०७९ ८० मा राष्ट्रिय आविष्कार केन्द्रलाई ४० लाख रुपैँया अन्दान रकम उपलब्ध गराउनेछ ।

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले नयाँ कुरा सानो स्केलबाट महत्वपूर्ण कामको सुरुवात भएको बताए । उनले भने,“हामीले सानो स्केलबाट नौलो कामको सुरुवात गरेका छौं । मुलुकको तत्कालको आवश्यकता पुरा गर्न राम्रो कामको सुरुवात भएको भएको । यसको माध्यमबाट लघु, घरेलु तथा साना उद्यमीहरुलाई अगाडी बढाउने अपेक्ष लिएको छौं ।”