काठमाडौं । नेकपा एमालेले आज भृकुटी मण्डपमा आज ‘युथ सेलिब्रेशन’ गर्दैछ । लोकतन्त्र दिवसको अवसर पारेर एमालेले दिउँसो १ बजेबाट काठमाडौंको भृकुटीमण्डपमा ४० वर्षमुनिका एक लाख युवाहरूलाई उतार्ने एमालेको तयारी छ ।
‘लोकतन्त्र र युवाको भूमिकाबारे सार्वजनिक विमर्श गर्नुका साथै कार्यक्रममा ४० वर्ष मुनिका विभिन्न उमेर समूहका युवाहरूले आफ्नो विचार राख्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
उनका अनुसार सांस्कृतिक प्रदर्शन, बक्ताहरुको भनाइ र प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन मार्फत् लोकतन्त्रबारे विमर्श हुनेछ । एमालेले युथ सेलिब्रेसनलाई लोकतन्त्रको महत्व बुझाउनकै निम्ति आयोजना गरेको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल, आनन्द सिंह, विष्णु पोखरेल, अश्विनी सेख, शिवकुमारी चौधरी, विशाल पुन, शर्मिला भण्डारी लगायतका युवाहरूले आफ्नो धारणा राख्ने तयारी रहेको स्रोतले जनाएको छ ।
उक्त कार्यक्रमको लागि एमालेले देशभरबाट ४० मुनिका युवाहरुलाई काठमाडौं ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस्