काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार (भोलि) प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । बजेट अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले समसामयिक विषयमा सम्बोधन गर्न लागेका हुन् ।
भोलिको बैठकको सुरुमै प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
उनले भने ‘पछिल्ला समसामयिक विषयमा प्रधानमन्त्रीले आफ्नो धाराणा राख्नुहुनेछ ।’
शुक्रबार दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्