स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका–१, लामाचौरस्थित सिद्धार्थ राजमार्गमा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा ठूलो मात्रामा बोईलर कुखुराको मृत्यु भएको छ।
दाङबाट पोखरातर्फ जाँदै गरेको ग ३ च ६४३३ नम्बरको बोलेरो जिप बिहान करिब ७ः३० बजे ब्रेक फेल भई सडकको छेउमा रहेको पर्खाल र प्रतिक्षालयमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ। दुर्घटनाको खबर प्राप्त भएपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
जिपमा लोड गरिएका करिब ४५० वटा बोईलर कुखुरामध्ये ३०० वटा कुखुराको घटनास्थलमै मृत्यु भएको बताइएको छ। दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीको प्रारम्भिक जानकारी छ। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका सूचना अधिकारी प्रवेश तिवारीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्