काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कजरिया रमेश टायल्सलाई २ लाख ८५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।
विभागले मंगलबार अनुगमन निरीक्षण गर्दा कम्पनीले अनुचित व्यापारिक क्रियाकलाप गरिएको देखिएकोले जरिवाना तिराएकाे र काराेबार राेक्का मै भइरहेकाे उल्लेख गरेको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८(ङ) को कसुर र सोही ऐन को दफा ३९ को १ (ख) बमोजिम विभागले कारबाही गरेको हो ।
दफा ३८ (ङ) मा दफा १६ उपदफा (२)को खण्ड (क), (छ), (ञ) वा (ठ) बमोजिमको अनुचित व्यापारिक क्रियाकलाप गरे वा गराएको उल्लेख गरिएको छ ।
दफा १६ उपदफा (२) (क) मा वस्तु वा सेवको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी, लुकाई, छिपाई वा झुक्याई त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गर्ने, (छ) मा कृत्रिम अभाव श्रृजना, जम्माखोरी गर्ने वा विक्री गर्ने, (ञ) मा बिक्री गरेको वस्तु वा सेवाको बिल वा विजक जारी गर्न इन्कार गर्ने वा बिल वा बिजक जारी नगर्ने वा बिल वा विजक जारी गर्दा थप रकम माग गर्ने र (ठ) मा मिति सकिएको वस्तुमा नयाँ लेबल लगाई त्यस्तो वस्तु विक्री गर्ने उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्