सेगवे नेपालले ल्यायो दशैं अफर


काठमाडौं । सेगवे नेपालले ‘यो दशैं, तिहार सेगवेको साथ उपहार ७’ अफर सार्वजनिक गरेको छ।

नेपालका लागि सेगवे सवारी साधनको आधिकारिक वितरक आईहव प्रालिले आगामी दशैं, तिहार र छठको अवसरमा ग्राहकहरूलाई छुट र पुरस्कारहरू उपलब्ध गराएको हो।

योजना अन्तर्गत सेगवेको उत्पादनको खरिदमा १० हजार रूपैयाँ नगद छुट, निःशुल्क बिमा र सडक करलगायत लक्की ड्र मार्फत विभिन्न पुरस्कारहरू जित्ने अवसरहरू प्राप्त गर्ने भएका छन्।

कम्पनीका अनुसार नेपालमा सेगवेको दुईपांग्रे सवारी साधनको आक्रामक बजार रणनीति र विस्तारको निरन्तरता भएको र नेपाली ग्राहकका लागि विविधता र गुणस्तर दुवै सुनिश्चित गरी उत्पादन उपलब्ध गराउने योजना भएको जनाएको छ।

सो अफर नेपालका सबै सेगवे ई स्कुटरका लागि मान्य हुने कम्पनीले जनाएको छ।