पिपुल्स डेन्टल कलेज तथा जनरल अस्पतालले मनायाे अन्तराष्ट्रिय नर्सिङ दिवस


काठमाडौँ । पिपुल्स डेन्टल कलेज तथा जनरल हस्पिटलले अन्तराष्ट्रिय नर्सिङ दिवस मनाएको छ ।

अस्पतालले नर्सिङ दिवसकाे अवसरमा लामो समयसम्म काम गरेका कर्मचारीलाई सम्मान गर्नुका साथै सबै विभाग इन्चार्जहरूलाई सम्मान गरेको छ ।

अस्पतालले विभाग इन्चार्जहरूका साथै ६ वर्षभन्दा धेरै समय काम गरेको कर्मचारीलाई सम्मान गरेको अस्पताल नर्सिङ प्रमुख गंगा पौडेलले जानकारी दिइन ।

अन्तर्राष्ट्रिय नर्सिङ दिवस प्रत्येक वर्ष मे १२ तारिखको दिन मनाइन्छ । फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन अर्थात मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रूपमा विश्वभर मनाउन थालिएको हो ।

यो दिनलाई सरकारी तथा संस्थागत रूपमा नर्सिङ दिवस मनाउने गरिन्छ । सोही अवसरमा पिपुल्स डेन्टल कलेज तथा जनरल अस्पतालले पनि विशेष कार्यक्रम गरेर दिवस मनाएको हो ।