रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट प्रधानन्यायधीशको इजलासमा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि पेशीमा तोकिएको छ । प्रधानन्यायाधीस प्रकाशमान सिंह राउत र न्यायधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासले सुनुवाई गर्ने भएको छ ।

यसअघि पटक(पटक हेर्न नमिल्नेमा परेर सुनवाइ स्थगित हुँदै आएको थियो । ६ पटक पेशीमा तोकिएपनि ५ पटक हेर्न नमिल्नेमा परेको थियो भने एक पटकमात्रै सुनवाइ भएको छ ।

बन्दी प्रत्यक्षीकरणजस्तो सम्वेदनशील मुद्दामा पनि ढिलासुस्ती भइरहेको भन्दै रविका कानून व्यवसायीले आपत्ति जनाउँदै आएका छन् ।
सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गरे पनि उच्च अदालत बुटवलले थुनामै राख्न आदेश दिएपछि रवि चैत २२ गते पुनस् पक्राउ परेका हुन्।

तर आफूलाई गैरकानुनी रूपमा पक्राउ गरेर ३ दिनपछि मात्रै कारागार चलान गरिएको भन्दै रिहा गरिनुपर्ने माग गरी लामिछानेका तर्फबाट सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको हो।