काठमाडौं । छ्याङदी हाईड्रोपावरले यही जेठ २३ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ३८ लाख ६७ हजार ७७५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
कम्पनीले उक्त हकप्रद सेयर निष्काशनको लागि वैशाख १२ गते धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेको थियो ।
कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत जेठ २ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, जेठ १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।
लगानीकर्ताले उक्त हकप्रदमा असार १२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्