‘तपाईको बजार’ले ल्यायो विभिन्र कम्पनीका बाइक किन्दा तेब्बर अफर


काठमाडौं । तपाईको बजारले विजया दशमी तथा शुभदिपावलीको अवसरमा नयाँ बाईक किन्दा ‘अफर अफर अफर तेब्बर अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत बजाज, यमाहा, टिभिएस, होन्डा र हिरो कम्पनीहरुका दुई पाङ्ग्रे सवारी किन्दा विभिन्र अफरहरु सार्वजनिक गरेको हो ।

सार्वजनिक गरेको अफरमा खरिद गरेका बाइकहरुको निशुल्क मर्मत गर्ने, बाइक किन्दा दश हजार क्यास ब्याक, लाईसेन्स, बिल बुक नविकरण घरबाटै हुनका साथै, सवारी बेच्न समेत तपाईँको बजारले सहजीकरण गर्ने जनाएकाे छ ।

त्यस्तै ग्राहकहरुको लागि बाइक किन्दा फाईनान्सको लागि एन आई सी एशिया बैंंकले सहकार्य गर्ने छ भने उक्त कम्पनीहरुका सेकेन्ड हेन्ड बाइकहरु किन्दा ५० प्रतिशत फाईनान्सीङ तपाईको बजारले गर्ने छ । ईभी एक्स्पोमा अर्थमन्त्री जनार्दन शर्माले तपाईको बजार उद्धघाटन गरेका थिए ।