महानगर यातायातको थप १० वटा टाटा अल्ट्रा बस सञ्चालनमा


काठमाडौं । महानगर यातायात प्रालिले १० थान टाटा एलपीओ बस सञ्चालनमा ल्याएको छ ।

काठमाडौं उपत्यकाको चक्रपथ परिक्रमामा निरन्तर सेवा दिँदै आएको यस यातायातले घटस्थापनाको दिन पारेर १० थान टाटा एल। पी। ओ। ८।५ अल्ट्रा बस थप गरी सञ्चालनमा ल्याएको हो ।

सिप्रदी ट्रेडिङ्गका प्रमुख प्रबन्धक कृष्ण चन्दका अनुसार टाटा मोटर्सद्वारा उत्पादित यस बसमा १४० हर्ष पावरको शक्तिशाली इन्जिन रहेको छ । हाइ व्यक सिट, मिडल डोर तथा पराबोलिक लिफ स्प्रिंग सस्पेन्सन रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले यसअघि ९ थान सुविधा सम्पन्न र आधुनिक प्रविधि जडित यात्रुवाहक बस संचालन गर्दै आएको थियो ।