प्रधानमन्त्री ओलीकाे उपस्थितिमा ट्राफिक प्रहरीका एसएसपीले गरे ग्वार्को ओभरपास उद्घाटन (फाेटाे फिचर)


ललितपुर । ललितपुरस्थित ग्वार्को चोकमा निमार्ण भएको ओभरपास को प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख (एसएसपी) नवराज अधिकारीले रिबन काटेर उद्घाटन गरेका छन् । उद्घाटन भएसँगै ओभरपास सञ्चालन हुने छ।

दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०७८ पुस २७ गतेदेखि सुरू भएको ग्वार्को फ्लाईओभर निर्माण कार्य तोकिएको समयमै पूरा हुन सकेको थिएन् । निर्माणको जिम्मा पाएको आशिष–समानान्तर–रेलिगियर जेभी नामक ठेकेदार कम्पनीले समयमै काम नसक्दा आर्थिक जरिवानासमेत भोग्नुपरेको थियो ।

ग्वार्को ओभरपासको कुल लम्बाइ ५७६.२ मिटर रहेको छ । ग्वार्को चोकबाट लगनखेलतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८५ मिटर लामो र्याम्प निर्माण गरिएको छ भने बीचको पुल खण्ड ३६।२ मिटरको छ । पुलको चौडाइ १६।४ मिटर रहेको छ, जसमा चार लेन सवारी मार्ग सञ्चालन हुने गरी डिजाइन गरिएको छ ।

यो पुल यान्त्रिक स्थायित्वका लागि आवश्यक ‘माटो सुधार प्रविधि’ अपनाएर निर्माण गरिएको छ, जसले भविष्यमा हुने जमिन धसावट र संरचनागत समस्या न्यून गर्ने अपेक्षा गरिएको छ।