उपत्यका वरपरका ट्रेकिङ रुट थप व्यवस्थित गरौँः सांसद जबरा


काठमाडौं । नेपाली काँग्रेस सांसद उदय समशेर जबराले ट्रेकिङ एड्भेन्चियर टुरिजम नेपालको निम्ति पहिलो प्राथमिकतामा पर्दै आएको बताएका छन् ।

बुधबारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यसलाई अझ व्यवस्थित गर्न जरुरी रहेको बताए ।

उनले एभरेष्ट बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्प, गोसाईकुण्ड, लाङटाङ भ्यालीलाई अझ बढी व्यवस्थित बनाउन आग्रह आग्रह गरे ।

भारत र चिनियाँ पर्यटकलाई लक्षित गरेर पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड जोड दिँदै उनले भने, ‘अहिले ट्रेकिङ एड्भेन्चियर टुरिजम नेपालको निम्ति एक नम्बरको प्राथमिकतामा परेको सबैभन्दा बढी टुरिस्टहरु पनि यही कारण आउने गरेका छन् । यो टे«किङ जानको निम्ति चार वटा प्रायोरिटी छ । एभरेष्ट बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्प, गोसाईकुण्ड, लाङटाङ भ्याली नै हुन् ।’

सांसद जबराले कतिपय टुरिस्टहरु नेपालमा आएर हाइकिङ जाने चाहना हुँदा उपत्यका वरपर निर्माण भएका ट्रेकिङ रुटलाई थप व्यवस्थित गर्न जरुरी रहेको बताए ।