आजका लागि विदेशी मुद्राको विनिमय दर तय, कुवेती र बहराइन दिनारको यस्तो छ मूल्य


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

आजको भाउ अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ सात पैसा र बिक्रीदर १३७ रुपैयाँ ६७ पैसा छ ।

युरो एकको खरिददर १६० रुपैयाँ ७३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ४३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८७ रुपैयाँ ४० पैसा तय भएको छ ।

यस्तै स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।

कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४५० रुपैयाँ ८४ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६५ रुपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ तीन पैसा र विक्रीदर ३५७ रुपैयाँ ५८ पैसा तोकिएको छ ।