काठमाडाैँ । नेपालको कुल जनसंख्याको ५२.६१ प्रतिशत जनसंख्या जीवन बिमाको पहुँच बाहिर रहेका छन् । मंगलवार काठमाडौंमा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम जारी गर्दै नेपाल बीमा प्राधिकरणले यसबारेमा जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा प्राधिकरणका अध्यक्ष शरद ओझाले २०८२ साल वैशाख मसान्तसम्म नेपालको कुल जनसंख्याको ४७.३९ प्रतिशतमा जीवन बीमाको पहुँच पुगेको बताएका हुन् । तुलनात्मक रुपमा ग्रामिण तथा न्युन आय भएका वर्गहरु हालसम्म पनि बिमा सेवाबाट वञ्चित रहेको बताए ।
बिमा विस्तारका लागि प्राधिकरणमा हाल १ सय ५८ जना र बीमा कम्पनीहरुमा २०८२ वैशाख मसान्तसम्म कार्यरत १२ हजार १ सय ६२ जना कर्मचारीको कार्यक्षमता अभिवृद्धि गरिएको जानकारी दिए ।
ग्राहक केन्द्रित सेवा र वितरण प्रणाली विकास गर्न तथा बीमा साक्षरतामा जोड दिन आवश्यक रहेको पनि बताएका हुन् ।
प्रविधिमैत्री बीमा सेवा प्रदान गर्न अपरिहार्य भएको अध्यक्ष ओझाको भनाइ छ । प्राधिकरणले बीमा नीति हरेक वर्ष ल्याउने पनि जनाएको छ । बीमा प्रवद्र्धनलाई प्राथमिकतामा राख्ने पनि बताएको छ ।
प्रतिक्रिया दिनुहोस्