यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर


काठमाडौँ । नेपाल राष्ट्र बैँकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकले निर्धारण गरेको विनियमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०३ पैसा छ ।

यस्तै साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७० पैसा र बिक्रीदर ३७ रुपैयाँ ८७ पैसा तय गरिएको छ ।

युरो एकको खरिददर १५९ रुपैयाँ १२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८६, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपैयाँ ७५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५० पैसा कायम गरिएको राष्ट्र बैँकले जनाएको छ ।