काठमाडाैँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स ‘सलिको’ कम्पनीले आफ्नो २९औं वार्षिकोत्सव विविध कार्यक्रमको आयोजना गर्दै भव्य रूपमा सम्पन्न गरेको छ।
कम्पनीले २९ वर्ष पूरा गरी ३०औं वर्षमा प्रवेश गरेको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरूमा सहयोगमूलक कार्यक्रमहरू सञ्चालन गरेको हो।
काठमाडौँमा कम्पनीले रक्तदान कार्यक्रम र निःशुल्क दन्त परीक्षण शिविर आयोजना गरेको छ। त्यसैगरी, गण्डकी, लुम्बिनी र कोशी प्रदेश कार्यालयले मानव सेवा आश्रममा आवश्यक सामग्री सहयोग हस्तान्तरण गरेका छन् भने मधेश प्रदेश कार्यालयले आमाको माया छात्रावासमा बालबालिकाका लागि भोजन कार्यक्रम सञ्चालन गरेको छ।
वार्षिकोत्सवको सुखद अवसरमा कम्पनीले आफ्ना ग्राहक, शेयरधनी, नियामक निकाय, कर्मचारी तथा शुभचिन्तकहरूप्रति आभार व्यक्त गर्दै भविष्यमा अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, नायव प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य, नायब महाप्रवन्धक कविराज पौडेल, दाबी विभाग प्रमुख सुवास दिक्षितलगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको कार्यक्रममा कम्पनीले सामाजिक उत्तरदायित्वसँगै व्यवसायिक प्रतिबद्धता पनि सँगसँगै पूरा गर्दै आएको उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस्