काठमाडाैँ । लामो समयसम्म वर्षा नभएर सुख्खा बनेको मधेस प्रदेशमा अहिले संरक्षण पोखरीहरुको महत्व बढेको छ ।
विशेष गरेर चुरे क्षेत्रका संरक्षित प्राकृतिक तालतलैया र बायो इन्जिनियरिङ पद्धतिबाट वर्षामा बगेर जाने पानी संरक्षण गर्ने गरिएका स्थानका पानीका स्रोतहरुमा स्थानीयहरुको ध्यान केन्द्रित हुन थालेको छ ।
मधेस प्रदेशमा चुरे क्षेत्रका प्राकृतिक र कृत्रिम सानाठूला गरी दुई सय बढी संरक्षण पोखरी निर्माण भएका छन् । नेपालभरको चुरे क्षेत्रमा कति यस्ता पोखरी छन् भन्ने यकिन तथ्याङ्क भने छैन ।
भूमिगत पानीको सतह घट्दै गएपछि त्यसको परिपूर्ति गर्न राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले र अन्य पर्यावरण संरक्षणमा लागेका संघसंस्थाहरुसँग मिलेर चुरे क्षेत्रमा जल पुनर्भरण पोखरी निर्माण.गर्दै आएका छन् ।
अत्याधिक चुरे दोहनको साथै जलवायु परिवर्तनको असर मुख्य रुपमा पानीमा देखिएकाले भविष्यमा तराईका जिल्लामा पानीइको चरम अभाव हुन नदिन चुरे क्षेत्रमा जल पुनर्भरण पोखरी निर्माण गरिएको हो ।
फाेटाेः न्युज एजेन्सी नेपाल











प्रतिक्रिया दिनुहोस्