शिक्षा विधेयक अब लामो समय अड्काएर राख्न दिँदैनौँः अध्यक्ष दाहाल


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शिक्षकहरूमाथि बेइमानी र धोका हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले सरकारले शिक्षकहरुसँग असार १५ भित्रै विद्यालय शिक्षा ऐन संसदमा प्रस्तुत गर्ने प्रीतवद्धता जनाएपनि जालझेल गरेर अहिलेसम्म प्रस्तुत नगरेको आरोप लगाए ।

उनले शिक्षा विधेयकलाई लामो समयसम्म अड्काएर राख्न आफूहरूले नदिने बताए । शिक्षकहरूले सोचेको जस्तो सबै मागहरू पूरा गर्न नसकेपनि बेइमानी हुन भने नदिने उनको भनाइ छ । 

अध्यक्ष दाहालले सरकारले असार १५ भित्र संसदमा विद्यालय शिक्षा विधेयक पेश गर्ने प्रतिवद्धता जनाएको थियो । तर हालसम्म प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा अड्किएको छ ।