भूमि सम्बन्धी विधेयक फिर्ता लिन सांसद ज्वालाको माग


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले भूमि सम्बन्धी विधेयक फिर्ता लिन सरकारसँग आग्रह गरेका छन् ।

आइतवार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्राेत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समितिमा आइतवार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ताहरूसँग छलफल भएको हो ।

छलफलका क्रममा बोल्दै वास्तविक सुकुम्बासी, भूमिहिनहरूले जग्गा पाउनुपर्ने तर भूमाफिया र दलालहरुलाई पोस्ने ढोका बन्द गर्न आग्रह गर्नुभयो । सकेसम्म विधेयक सरकारले फिर्ता लिनुपर्ने र नसके संशोधनहरु सम्बोधन गरिनुपर्ने बताए ।

सांसद ज्वालाले सरकारले निकुञ्ज र वन क्षेत्रको जग्गा पहिला आफ्नो नाममा लिने र वनक्षेत्रसँग छुटाएपछि वितरण गर्ने काम गलत भएको बताए ।