मंगलबार नेप्से परिसूचकमा सामान्य गिरावट


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा सामान्य गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ६ अंकले घटदा कारोबार रकम भने १ अर्ब नाघेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६.५९ अंकले घटेर १८९७.८६ अंकमा झरेको छ । त्यस्ते सेन्सेटिभ परिसूचक पनि १.३३ अंकले घटेर ३७३.७१ अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी १० वटा उपसमूहको सेयर भने घटेको छ ।

मंगलबार कारोबार रकमका आधारमा हिमालयन डिष्टीलरी अग्रस्थानमा रहेको छ । कम्पनीको ८ करोड २२ लाख ३४ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आजको दिन सिटिजन्स म्युचुअल फण्ड १ का लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । उक्त फण्डको मूल्य ४.५८ प्रतिशतले बढेको छ ।

त्यस्तै आज तारागाउँ रिजेन्सीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ८.५६ प्रतिशतले घटेको छ ।

कूल २२९ वटा कम्पनीको २७ लाख ४५ हजार एक सय ९ कित्ता सेयर किनबेच हुँदा एक अर्ब २ करोड ३६ लाख ९ हजार ९ सय ६० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।