स्याङ्जामा २५ हजारभन्दा बढी गाँजाका बोट फडानी


स्याङ्जा । अवैध लागू पदार्थ नियन्त्रण, समाजमा शान्ति–सुरक्षाको प्रवर्द्धन, कानूनको कार्यान्वयन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ठूलो मात्रामा गाँजाका बोट फडानी गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा र मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले स्थानीय तहका पदाधिकारी, युवा क्लब तथा आमा समूहको सक्रिय सहकार्यसहित सञ्चालन गरिएको विशेष अभियान अन्तर्गत साउन २४ गतेदेखि ३० गतेसम्म विभिन्न स्थानमा २५ हजार ४ सय ५ हरियो गाँजाका बोट फडानी गरी नष्ट गरिएको हो।

प्रहरीका अनुसार अवैध गाँजा खेती नियन्त्रणका लागि गरिएको यो अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिइनेछ।