काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बन्दीपुरलाई आकर्षक गन्तव्य बनाउने काम बन्दीपुरवासीको भएको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले बन्दीपुरलाई अरु कसैले नबनाइदिने भन्दै राज्य र अन्य विकासप्रेमीको साथ लिएर बन्दीपुरको भविष्यलाई उज्याले बनाउन बन्दीपुरवासीलाई आग्रह गरे ।
उनले भने, ‘बन्दीपुरको यात्रा आरोह अवरोहपूर्ण छ । एक समयमा बन्दीपुर फुलेफक्रेको थियो । अर्को समयमा बन्दीपुर ओईलायो । र फेरि अहिले बन्दीपुर रिभाईभ भईरहेको छ नयाँ ढंगले फुल्ने, फक्रिने कोशिष गर्दैछ । साँच्चै बन्दीपुर हरेक हिसाबले, प्राकृतिक हिसाबले, सांस्कृतिक हिसाबले, पर्यटकीय हिसाबले अरु वातावरणीय दृष्टिकोणले, एउटा सामाजिक मनोविज्ञानको दृष्टिकोणले हरेक हिसाबले एउटा आकर्षक गन्तव्य हो । म यहाँहरुसँग अनुरोध गर्न चाहन्छु, बन्दीपुरलाई अरु कसैले बनाइदिँदैन ।
बन्दीपुरको यात्रा आरोह अवरोहपूर्ण रहेको उल्लेख गर्दै अहिले बन्दीपुर पुनःजीवित भएको बताए । फुलेफक्रेको बन्दीपुर एक समयमा ओइलाएको उनको भनाई थियो । बन्दीपुरले पर्यटन र संस्कृतिको क्षेत्रबाट पर्वतीय पर्यटनमा ठूलो योगदान दिएको भन्दै बन्दीपुरसँग भएको क्षमता, सम्भावनाको भरपुर उपयोग हुन नसकेको गुनासो गरे ।
उनले बन्दीपुरले मानिसलाई तानेर, बाँधेर राख्ने क्षमता राख्ने बताउँदै बन्दीपुरको सामथ्र्यलाई अत्याधिक रुपमा उद्घाटित गर्न अर्थमन्त्री पौडेलले आग्रह गरे।
प्रतिक्रिया दिनुहोस्