निजामती सेवा विधेयक विधायन समितिबाट पारित, आजै राष्ट्रिय सभामा पठाइने


काठमाडौँ। संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पास भएको छ । बिहान ९ बजेदेखि बसेको विधायन समितिको बैठकमा मस्यौदा पूरै बाचन गरेर विधेयक प्रतिवेदन पास गरिएको हो ।

सो विधेयक असार १४ गते प्रतिनिधि सभा बैठकबाट पास भएर राष्ट्रिय सभामा पठाइएको थियो । राष्ट्रिय सभाले दफावार छलफलका लागि विधायन समितिमा पठाएको थियो । पारित प्रतिवेदनलाई समिति अन्तरगत रहेको उपसमितिले अन्तिम रुप दिएपछि आजै राष्ट्रिय सभामा पठाउने तयारी रहेको छ ।

समितिले पास गरेको विधेयक आजै बस्ने राष्ट्रिय सभा बैठकबाट पास गरेर प्रतिनिधि सभामा पठाउने तयारी छ ।