पूर्वप्रधानमन्त्री चन्दको योगदान नेपाली राजनीति र जनताप्रतिको समर्पणको अविस्मरणीय उदाहरण छन्ः अध्यक्ष थापा


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको योगदान नेपाली राजनीति र जनताप्रतिको समर्पणको अविस्मरणीय उदाहरण भएको बताएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित राप्रपाका संस्थापक एवं पूर्वप्रधानमन्त्री चन्दद्वारा लिखित ‘बदलिँदो समयचक्र’ नामक पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । २०४६ सालको राजनीतिक अन्योलपछि चन्दको नेतृत्वमा भएको राजनीतिक योगदानले मुलुकलाई महत्वपूर्ण दिशा दिएको उनको दाबी छ ।

पूर्वपञ्चहरूलाई संगठित गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना र सञ्चालन गर्ने कार्यमा समेत चन्दको महत्वपूर्ण भुमिका रहेको भन्दै उनले प्रशंसा गरे । 

आफूलाई जन्म दिनेहरूलाई ओझेलमा पारेर अपमान कसैको हित हुन नसक्ने उल्लेख गर्दै यसतर्फ सबै सचेत रहन आवश्यक रहेको बताए ।