शतप्रतिशत हकप्रद सेयर जारी गर्दै माया खोला हाइड्रो


काठमाडौँ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड सेबोन० मा आवेदन दिएको छ ।

कम्पनीले २०८३ कात्तिक १७ गते सेबोनमा आवेदन दिएको हो । बोर्डको प्रारम्भिक समीक्षाको प्रक्रियामा रहेको कम्पनीको आवेदनअनुसार १ अर्ब रुपैयाँबराबरको १ करोड कित्ता हकप्रद सेयर निष्कासन गरिनेछ ।

कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ । सोहीअनुसार कायम सेयरधनीले आफूसँग रहेको प्रत्येक एक कित्ता सेयर बराबर थप एक कित्ता हकप्रद सेयर खरिद गर्न पाउनेछन् ।

हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले पाएको छ । सेबोनबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढाउनेछ ।