काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने आज केही स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको एक दुई स्थानमा हल्कासम्मको वर्षा वा हिमपातको सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका केही र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।


प्रतिक्रिया दिनुहोस्