काठमाडौँ । ‘जेनजी नेपाल’ नामक फेसबुक पेजमार्फत प्रदर्शनकारीहरूलाई तत्कालै सुरक्षित तरिकाले फर्कन आह्वान गरिएको छ ।
“कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला। धेरै स्वार्थ प्रेरित समूहहरुले भिडलाई उत्तेजित बनाइरहेका छन् । चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस्। हाम्रो आजको दिन सफल भइसकेको छ। आज सबै जना सुरक्षित तरिकाले घर जानुस्,”सूचनामा भनिएको छ ।
सुरक्षा अधिकारीहरूले भने प्रदर्शन स्थलमा अवस्था क्रमशः नियन्त्रणमा ल्याइँदै गएको जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस्