प्रेस युनियनका उपाध्यक्ष अर्यालले दिए पदबाट राजीनामा


काठमाडौँ । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष नकुल अर्यालले पदबाट राजीनामा दिएका छन् ।

मुलुकमा भइरहेको परिवर्तनको प्रयत्नप्रति ऐक्यवद्धता जनाउँदै उपाध्यक्षबाट राजीनामा दिएको अर्यालले बताएका छन् ।

उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफू सधै रहने बताएका हुन्।