काठमाडाैँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पछिल्ला घटनाक्रमबारे प्रतिक्रिया दिँदै हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
दिनभरको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालका घटनाक्रमबारे विस्तृत छलफल गरिएको जानकारी दिँदै उनले सामाजिक सञ्जाल एक्समार्फत नेपालमा भएको हिंसा हृदयविदारक रहेको बताएका छन्।
प्रधानमन्त्री मोदीले धेरै युवाले ज्यान गुमाउनु परेको घटनाले आफूलाई अत्यन्त विचलित बनाएको उल्लेख गर्दै नेपालमा शान्ति, स्थिरता र समृद्धि नै अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्।
उनी लेख्छन्, “म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरुलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपील गर्दछु।”
प्रतिक्रिया दिनुहोस्