काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री शुशिला कार्कीलाई बधाई दिएका छन् ।
नेपालको पहिलो महिला प्रधानमन्त्रीमा शुशिला कार्की नियुक्त भएकोमा घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गरेका हुन् । “सम्मानीय प्रधानमन्त्री शुशिला कार्कीज्यूलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई व्यक्त गर्दछु,” उनले लेखेका छन् ।
घिसिङले देश अहिले अत्यन्त गम्भीर मोडमा उभिएको उल्लेख गर्दै जनताको हितका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । साथै उनले जेन्जी पुस्ताले सुरू गरेको आन्दोलनका माग र आकांक्षालाई सम्बोधन गर्दै आगामी चुनाव सम्पन्न गर्नु सरकारको प्रमुख दायित्व हुने बताए ।
प्रधानमन्त्रीलाई सफलताको शुभकामना व्यक्त गर्दै उनले जनताको अपेक्षा र आन्दोलनको परिणामलाई सकारात्मक दिशामा लैजान सरकार सक्षम हुने विश्वास प्रकट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्