मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक अर्ब ३० करोड रूपैयाँ मिुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकका एक अर्ब ४० करोड रूपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १९ करोड ५० लाख रूपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ६ करोड ५० लाख रूपैयाँ लगानी गर्ने भएको हो ।

२०८२ असोज ५ गतेदेखि २०८३ असोज ५ गतेसम्म ३६६ दिनको लागि मुद्दती निक्षेपमा राख्ने भएकोले भदौ ३० गतेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान् गरेको छ ।