काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्दैछ। पार्टी स्रोतका अनुसार बैठकमा संगठनात्मक गतिविधि र आगामी योजनासम्बन्धी महत्वपूर्ण एजेण्डाहरूमा छलफल हुने भएको छ
बैठकको कार्यसूचीमा चार प्रमुख विषयहरू समावेश गरिएको छ। पहिलो, आसन्न विस्तारित बैठकका एजेण्डा र व्यवस्थाबारे निर्णय लिने तयारी छ। दोस्रो, देशभर देखा परिरहेका प्राकृतिक विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियानबारे कार्ययोजना बनाइनेछ। तेस्रो एजेण्डा ‘सद्भाव यात्रा’ कार्यक्रमसँग सम्बन्धित कार्यसूचीबारे केन्द्रित रहनेछ भने अन्तिममा विविध विषयहरूमा छलफल हुने बताइएको छ।
पार्टीका एक नेताका अनुसार बैठकमा हाल देशभर चलिरहेका सामाजिक तथा राजनीतिक घटनाक्रमका सन्दर्भमा रास्वपको भूमिका र जनस्तरमा पार्टीको उपस्थितिलाई कसरी सुदृढ बनाउने भन्ने विषय पनि उठ्न सक्ने अनुमान गरिएको छ।




प्रतिक्रिया दिनुहोस्