महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई र्‍याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट


काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई विशेष सुविधा प्रदान गर्ने क्रममा र्‍याडिसन होटल लाजिम्पाटसँग सहकार्य गरेको छ। यस सहकार्य अन्तर्गत बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्‍याडिसन एयरपोर्ट लाउन्जमा छुट पाउनेछन्।

ग्राहकहरुले एयरपोर्ट लाउन्ज सेवासँगै खाद्य तथा पेय पदार्थ, पेस्ट्री खरिद, ट्यानक्वीलीटी स्पा सेवा र र्‍याडिसन फिटनेस सेन्टर ९जिम० लगायतका सेवाहरुमा पनि छुट पाउनेछन्। बैंकले जनाएको छ कि यस किसिमको सहकार्यबाट ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने विश्वास लिएको छ।

यस्तै, बैंकले आफ्ना क्रेडिट कार्ड वाहकहरुलाई विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा पनि सुविधा दिने योजना सुरु गरेको छ। यस अन्तर्गत ग्राहकले खरिद गरेको टुर प्याकेजको मूल्य बराबरको रकमलाई ६ देखि १२ महिनासम्मको लचिलो भुक्तानी अवधिमा मासिक किस्तामा तिर्न सक्ने सुविधा उपलब्ध हुनेछ।

महालक्ष्मी विकास बैंकले यस प्रकारका सेवामार्फत आफ्ना ग्राहकहरुलाई सहज, लचिलो र गुणस्तरीय अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।