काठमाडौं । नर्सरी व्यवसायी संघ नेपालले ‘तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२’ गर्ने भएको छ ।
संघले २०८२ असोज २८ गतेदेखि कार्तिक १ गते सम्म (पाँच दिन) तिहारको उत्सव, फूलको महोत्सवु भन्ने नाराका साथ एक्स्पो आयोजना गर्न लागेको हो ।
नर्सरी र नर्सरी जन्य वस्तुको अत्याधिक परनिरभरतालाई कम गर्दै स्वदेशी उत्पादन बढाउनुपर्ने आवश्यतालाई मध्यनजर गर्दै भृकुटीमण्डपको प्रदर्शनी स्थलमा ‘तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२’ आयोजना गर्न लागेको जनाएको छ ।
यस मेलाले आर्थिक मन्दिले सुस्ताएका हरित अर्थतन्त्र विकासमा संलग्न उद्यमी व्यवसायीहरु तथा यस व्यवसाय प्रति अभिरुचि राख्ने र समग्र कृषि क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्ने सपना देखिरहेको उद्यमी व्यवसायी तथा जिज्ञासु साथै अध्ययन अनुसन्धानमा संलग्न व्यक्ति व्यक्तित्वहरुलाई उत्साहित र झकृत गर्ने आयोजक विश्वास लिएको छ।
मेलामा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारीक फूल विरुवाहरु लगायत कृषि तथा वन, जडिबुट्टी नर्सरी, फलफूल नर्सरी बाट उत्पादित विविध प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा विक्रि वितरणको लागि राखिने छ।
साथै मलखाद, अर्गानिक एवं रासायनिक विषादी, विउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहने जनाइएको छ। नर्सरी व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञाशु एवं अध्ययन अध्यापन साथै अनुसन्धान गर्ने सम्पूर्णको लागि यस मेला बृहत साझा मंच हुने विश्वास लिएको छ।
आयोजकका अनुसार व्यवसायीहरुको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई व्यवसायीहरुको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाण पत्र द्वारा पुरस्कृत गरिनेछ। प्रतिश्पर्धाको मुल्याकन गर्न कृषि बागवानी विज्ञ, वनस्पती विज्ञ, साथै पुष्प विकास केन्द्रका प्रमुख सहितको संलग्नतामा ३ सदस्यीय मुल्याकंन समिति समेत गठन गरेको छ ।
यस मेलामा ६२ वटा व्यवसायीक स्टल लगायत वनस्पती विभाग, पुष्प विकास केन्द्र, सहितको अफिसियल ४ स्टल तथा प्रतिश्पर्धाको ४ वटा स्टल समेत जम्मा ७० वटा स्टल रहने छ।
मेलामा ३५ हजार अवलोकन कर्ताले अवलोकन गर्ने साथै ७० लाख भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा गरेको आयोजकले जनाएको छ ।
मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रति व्यक्ति १०० रुपैयाँ र विद्यार्थीहरु र जेष्ठ नागरिकको लागि प्रति व्यक्ति ५० रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्